सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम भुक्तानी

काठमाडाैं । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले मृत्यकको हकवाला क्षितिज आलेलाई १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ ।
सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे ।
स्वर्गीय भुमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब बचत खाता खोलेकी थिइन् ।
सानिमा बैंकले दिर्घायु बचत तलब खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाख रूपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजारसम्मको ओपिडी भुक्तानी शुल्कसहितको ५० हजारसम्मको औषधी उपचार बीमा,५० हजारको आवधिक जीवन बीमा र ५ हजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटिएम संचालनमा रहेका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया