५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाटै नियुक्ति हुने
काठमाडौं । परराष्ट्रमन्त्री एपी साउदले सरकारले रिक्त रहेको राजदूत नियुक्ति गर्दा कम्तिमा ५० प्रतिशत परराष्ट्र सेवाबाटै लिइने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नमाथि जवाफ दिँदै साउदले रिक्त स्थानमा राजदूतहरू नियुक्ति प्रक्रिया अघि बढिसकेको दाबी गरेका हुन् ।
‘राजदूत नियुक्ति सम्बन्धमा उच्च राजनीतिक तहमा छलफल भइरहेको छ,’ उनले भने, ‘कम्तिमा ५० प्रतिशत राजदुत नियुक्ति परराष्ट्र सेवाबाटै लिइने जानकारी गराउन चाहन्छु ।’
क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई, कुबेत, स्थायी नियोग न्यूयोर्क तथा जेनेभामा राजदूत रिक्त रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया