नेपालमा लगानी गर्न दक्षिण कोरियालाई चेम्बरको आग्रह
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न दक्षिण कोरियालाई आग्रह गरेको छ । चेम्बरको टोली र नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कबीच भएको भेटवार्तामा दक्षिण कोरियालाई औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरिएको हो ।
भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत्, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गरे । ‘दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्न लागेको छ, लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ,’ अध्यक्ष मल्लले भने ।
भारत, बङ्गलादेशजस्ता देशमा नेपालको विद्युत्को उच्च माग रहेको अवस्थामा नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्दा प्रतिफलको सुनिश्चित हुने उनको भनाइ थियो । अध्यक्ष मल्लले दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्ने बताए । ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ, कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ,’ उनले भने ।
अध्यक्ष मल्लले घरेलु, हस्तकलालगायत साना र मध्यम खालका उद्योगमा लगानी गर्नसमेत राजदूत पार्कलाई आग्रह गरे । सेवा क्षेत्र, पर्यटन, कृषिलगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल रु १२ अर्ब ८१ करोड लगानी गरेको छ । जसबाट १२ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
भेटमा राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता जनाए । दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ दिगो बनाउन आफूले भूमिका खेल्ने उनको भनाइ थियो । नेपालमा उत्पादन हुने सबै वस्तु वातावरणमैत्री भएकाले यहाँ उत्पादित वस्तुलाई आफ्नो मुलुक भित्र्याउन पहल गर्ने बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया