काठमाडौंमा आफ्नै श्रीमानले लगाए महिलालाई आगो

काठमाडौं । सिरहाको लाहान नगरपालिका ७ घर भई बुढानिलकण्ड नगरपालिका १० कपनस्थित आकाशेधारामा बस्दै एक व्यक्ति आफ्नै श्रीमतीलाई आगो लगाएको आरोपमा पक्राउ परेका छन् ।
३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । घाइते अस्मिताको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
आगलागीबाट उनको शरीरको विभिन्न भाग जलेको र बोल्न नसक्ने अवस्थामा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रवीणले श्रीमतीलाई शुक्रबार राति नौ बजे आगो लगाएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया