मेस्सी आधिकारिक रूपमै मियामीसँग अनुबन्धित, सन् २०२५ सम्म खेल्ने
काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी औपचारिक रूपमै इन्टर मियामीसँग अनुबन्धित भएका छन् । उनले अब यस क्लबबाट सन् २०२५ सम्म खेल्नेछन् ।
मेजर लिग सकर टोलीले मेस्सी औपचारिक रूपमा मियामीसँग अनुबन्धित भएको जनाउँदै सन् २०२५ सम्म उनले यो क्लबबाट खेल्ने जनाएको छ ।
३६ वर्षीय मेस्सीले गत वर्ष कतारमा सम्पन्न विश्वकपमा आफ्नो देश अर्जेन्टिनालाई उपाधि दिलाएका थिए ।
मेस्सीले इन्टर मियामीसँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको जनाएका छन् । ‘इन्टर मियामी र संयुक्त राज्य अमेरिकामा मेरो करियरको अर्को चरण सुरु गर्न पाउँदा म निकै उत्साहित छु,’ मेस्सीले भने ।
लामो समयदेखि बार्सिलोनाका लागि चमत्कार गर्दै आएका मेस्सीले मियामी टोलीको भाग्य उल्टाउने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया