मेस्सी आधिकारिक रूपमै मियामीसँग अनुबन्धित, सन् २०२५ सम्म खेल्ने

काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी औपचारिक रूपमै इन्टर मियामीसँग अनुबन्धित भएका छन् । उनले अब यस क्लबबाट सन् २०२५ सम्म खेल्नेछन् ।
मेजर लिग सकर टोलीले मेस्सी औपचारिक रूपमा मियामीसँग अनुबन्धित भएको जनाउँदै सन् २०२५ सम्म उनले यो क्लबबाट खेल्ने जनाएको छ ।
३६ वर्षीय मेस्सीले गत वर्ष कतारमा सम्पन्न विश्वकपमा आफ्नो देश अर्जेन्टिनालाई उपाधि दिलाएका थिए ।
मेस्सीले इन्टर मियामीसँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको जनाएका छन् । ‘इन्टर मियामी र संयुक्त राज्य अमेरिकामा मेरो करियरको अर्को चरण सुरु गर्न पाउँदा म निकै उत्साहित छु,’ मेस्सीले भने ।
लामो समयदेखि बार्सिलोनाका लागि चमत्कार गर्दै आएका मेस्सीले मियामी टोलीको भाग्य उल्टाउने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
-
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
-
ट्रम्पले कर लगाउने धम्कीपछि चीनले भन्यो-‘ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन’
-
रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता
प्रतिक्रिया