भोलिदेखि लागू हुनेगरी बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?
काठमाडाैं । आगामी साउन महिना (भोलिदेखि) लागू हुने गरी वाणिज्य बैंकहरूले नयाँ ब्याजर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघले भद्र सहमति (ब्याजदरमा गर्दै आएको कार्टेलिङ) खारेज गरेसँगै वाणिज्य बैंकहरूले आ–आफ्नो अनुकल ब्याजदर निर्धारण गरेका छन् ।
साउन महिनाका लागि केही बैंकहरुले ब्याजदर बढाएका छन् भने केहीले घटाएर प्रकाशन गरेका छन् । साउन महिनाका लागि बैंकहरुले औसत ब्याजदर ९.७२ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
वाणिज्य बैंकहरूले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार एनएमबिले मुद्दति निक्षेपमा १०.९८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै प्राइम बैंकले १०.९३, नबिल बैंक १०.४९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
अन्य वाणिज्य बैंकरूमा कुमारी बैंक १०.०१, एभरेष्ट बैंक १०, हिमालय बैंक ९.९९, ग्लोबल आइएइ बैंक ९.९९, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९.९९, सिटिजन्स बैंक ९.९९ प्रतिशत ब्याजर निर्धारण गरेको छ ।
त्यस्तै लक्ष्मी सनराइज बैंक ९.९९, कृषि विकास बैंक ९.५१, सिदार्थ बैंक ९.५, प्रभु बैंक ९.५, सानिमा बैंक ९.२५, नेपाल एसबिआइ बैंक ९.१, माछापुछ्रे ९, राष्ट्र वाणिज्य बैंक ८.९९, नेपाल बैंक ८.९९ र स्टान्डटर्ड चार्टड बैंकले ८.९५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया