भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान

काठमाडाैं । काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेको सो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।
त्यस अवसरमा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे । उनले ती परियोजनाले दुई देशबीचको जनताजनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए ।
राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बस नेपालको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा गरिएको सहयोग हो भन्दै यो कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिए ।
यस कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न सङ्घसंस्थालाई नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको सो विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया