NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

बाघको आक्रमणबाट एकै गाउँका तीन जना घाइते

चितवन । बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेका छन् ।

निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरुलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट घाइते उनीहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइँदै गरिएको कार्यालयले जनाएको छ । बाघले ५ः२० बजे आक्रमण गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष