कुशल भुर्तेलको आक्रमक बलिङ, १५७ रनमा समेटियो यूएई
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तरगतको खेलमा नेपालसामु यूएई ‘ए’ १५७ रनमा समेटिएको छ ।
कोलम्बोमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयो ।
कुशल भुर्तेलले आक्रामक बलिङ गर्दै ६ विकेट लिएपछि युएईले सामान्य लक्ष्य मात्र प्रस्तुत गर्न सकेको हो ।
नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन् । खेलमा मौसम ढकालले २ तथा कुशल मल्ल र पवन सराफले १/१ विकेट लिए ।
खेलमा यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया