सरकारी जग्गा मिचेर बनाइएको भ्रकुमारी सेवा सदन पनि भत्कायो महानगरले
काठमाडौं । काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर देवीनगरमा रहेको पाँच रोपनीभन्दा धेरै पर्ती जग्गा कब्जा गरेर निर्माण गरिएको भद्रकुमारी घले सेवा सदनका संरचना भत्काइएको छ ।
महानगरपालिका–१० कार्यालयले नापी शाखाबाट नापी बोलाएर जग्गा नापजाँच गर्दा सदनले रुद्रमती किनारको पाँच रोपनी भन्दा बढी पर्ती जग्गा कब्जा गरेर संरचना बनाइ भाडामा लगाएको भेटिएको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए ।
वडा कार्यालयले नाप जाँच गरी पर्ती जग्गामा संरचना बनाएर भाडामासमेत लगाएको विवरण महानगरमा पठाएको थियो । वडा कार्यालयको प्रतिवेदनका आधारमा महानगरपालिकाले आज सदनका संरचना भत्काएको हो ।
खाली भएको जग्गामा आकर्षक उद्यान निर्माण गरिने वडा कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया