कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई सुम्पिएर कम्बोडिया पुगे ओली
काठमाडौं । नेकपा (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताकोे जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिएका छन ।
अध्यक्ष ओली गएराति ११ः०० बजे पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, उनका स्वकीय सचिव राजेश बज्राचार्यसहित कम्बोडिया प्रस्थान गरेका थिए । उनी यही साउन ८ गते स्वदेश फर्कनेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया