NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

एसिया कप क्रिकेट : नेपालको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

आयोजक एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० अर्थात् १३ भदौमा पाकिस्तानको मुल्तानमा हुनेछ।

नेपालले आफ्नो दोस्रो खेल भदौ १८ मा भारतसँग खेल्नेछ। जुन खेल श्रीलंकामा हुनेछ।

यस पटकको एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । खेलको आयोजक पाकिस्तान भएतापनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि खेल पाकिस्तान र श्रीलंकामा हुने भएको हो ।

भारत र पाकिस्तान भदौ १६ मा श्रीलंकामा भिड्नेछन्।