एसिया कप क्रिकेट : नेपालको पहिलो खेल पाकिस्तानसँग
काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।
आयोजक एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० अर्थात् १३ भदौमा पाकिस्तानको मुल्तानमा हुनेछ।
नेपालले आफ्नो दोस्रो खेल भदौ १८ मा भारतसँग खेल्नेछ। जुन खेल श्रीलंकामा हुनेछ।
यस पटकको एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । खेलको आयोजक पाकिस्तान भएतापनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि खेल पाकिस्तान र श्रीलंकामा हुने भएको हो ।
भारत र पाकिस्तान भदौ १६ मा श्रीलंकामा भिड्नेछन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया