चिनियाँ विदेशमन्त्रीको आजको तालिका : राष्ट्रपतिपछि ओली र प्रचण्ड भेट्ने
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने भ्रमणमा छन् । शुक्रबार काठमाडौं ओर्लिएका यी आइतबार पनि राजनीतिक भेटघाटमा व्यस्त रहनेछन् ।
यी आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले शनिबार नै भेटिसकेका छन् ।
राष्ट्रपति भण्डारीलाई भेटेलगत्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ११ः१० र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ११ः४५ मा भेट्ने तालिका छ । ओलीसँग भेटका लागि बिहान ११ः१० को समय तोकिएको छ ।
भेटमा बिआरआई, द्विपक्षीय हितलगायत विषयमा छलफल हुने बताइएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया