नेपाली बजारमा सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा आज ऐतिहासिक रेकर्ड बनाएको छ ।
यसअघि जेठ १९ गते सुनको मूल्यले उच्च रेकर्ड बनाएको थियो । सो रेकर्डलाई तोड्दै बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ। जेठ १९ गते प्रतितोला सुन एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया