NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

नेपाली बजारमा सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा आज ऐतिहासिक रेकर्ड बनाएको छ ।

यसअघि जेठ १९ गते सुनको मूल्यले उच्च रेकर्ड बनाएको थियो । सो रेकर्डलाई तोड्दै बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ। जेठ १९ गते प्रतितोला सुन एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष