आज पनि बस्दै कांग्रेस केन्द्रीय समिति बैठक, होला चुनावी तालमेलको निर्णय ?
काठमाडौं । स्थानीय तहमा चुनावी तालमेल, संसदीय बोर्ड गठन, भ्रातृ संस्थाको तदर्थ समिति गठनसहितका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । शुक्रबारको बैठकमा प्रदेशका सभापति र केन्द्रीय प्रतिनिधिबाट चुनावी तालमेलसहित पार्टीको अवस्थाबारे सभापति शेरबहादुर देउवाले सुझाव मागेका थिए ।
सुझावका क्रममा अधिकांश प्रदेश सभापतिले केन्द्रको घोषित निर्णयका आधारमा चुनावी तालमेल गर्न नहुने सुझाएका थिए । स्थानीय आवश्यकताको आधारमा केही ठाउँमा तालमेल गर्न सकिए पनि केन्द्रको निर्णयको आधारमा तालमेल गरिए कांग्रेस कमजोर हुने सभापति निकटका समेत प्रदेश सभापतिले सुझाव दिएका थिए ।
तर सभापति देउवा तालमेल गरेर मात्रै चुनाव लडे कांग्रेस बलियो हुने पक्षमा छन् । एक्लै चुनाव लड्दा क्याम्पसकोसमेत जित्न नसक्ने केही ठाउँको अवस्था रहेको भन्दै देउवा कमजोर रहेको ठाउँमा चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा छन् ।
तालमेलका विषयमा डा. शेखर कोइराला पक्ष भने विरोधमा छ । केन्द्रले घोषणा गरेरै तालमेल गरे पार्टीले झन् क्षति बेहोनुपर्ने मत उनीहरूको छ ।
माओवादी र नेकपा एकीकृत समाजवादी पनि कांग्रेसँग चुनावी तालमेलको पक्षमा छन् ।
यसैबीच कांग्रेसमा चुनावमा टिकट बाँड्ने संसदीय बोर्ड गठनको विषयमा समेत छलफल हुने बताइएको छ । टिकट बाँड्दा आफू अनुकूलका उम्मेदवार चयन गर्न सकिने भएकोले यो समितिमा बस्न नेताहरूले मरिहत्ते गर्ने गरेका छन् ।
बोर्ड गठन गर्दा स्थानीय तह, प्रदेश र संघीय सबै निर्वाचनको लागि एकैपटक गठन गर्नुपर्ने मत कांग्रेसमा छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया