सचिव राउतसहित १७ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा किर्ते प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतसहित १७ जनालाई पाँच दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आज अनुमति दिएको हो ।
अर्कोतर्फ सर्वोच्च अदालतमा उनीहरूले आफ्नो पक्राउविरुद्ध दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा पनि आजै आदेश आउँदै छ । हिजो उक्त रिटमाथि एक हप्ता लामो सुनुवाइ सकिएको हो।
प्रतिक्रिया