पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध
ढोरपाटन । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो ।
लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । गए रातीदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए ।
वर्षा हुने बित्तिकै लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात अवरुद्ध हुने गरेको पौडेलले बताए । सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरालगायत ठाउँ जाने यातायातका साधान कालापैरामा ठप्प छन् । बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका साधान कानाबगरमा रोकिएका अध्यक्ष पौडेलले बताए ।
निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको छ । खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आँदा लोकमार्ग पूरै ढाकिएको छ । गाडी ठप्प छन् । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडकदेखि झरेको पहिराले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्याएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया