एसियाडमा नेपालका दुई सय ३४ खेलाडीको सहभागीता हुने
काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी सहभागी गराउने भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९औँ एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले नेपालले दुई सय ३४ खेलाडी सहभागी गराउने जानकारी दिए ।
‘नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी सहभागी गराउने छ । खेलाडीले एक्सपोजर पाउन् भनेरै निकै मेहनत गरेर खेलाडी सङ्ख्या दुई सय ३४ पुर्याउन सफल भयौँ’, सदस्य–सचिव घिसिङले भने, ‘एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि हामीले रु २४ करोड माग गरेका थियौँ । रु २१ करोडको सहमति प्राप्त भइसकेको छ । बाँकीका लागि प्रयास भइरहेको छ ।’
उनले खेलाडीको ‘प्लेइङ किट्स’ का लागि सङ्घलाई तयारी थाल्न आग्रह गर्दै कुनै सङ्घले तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव पेश गर्न आग्रह गरे । उनले आवश्यक पर्ने खेल सामग्रीको तुरुन्त विवरण तयारी गरी प्रक्रिया अगाडि बढाउन तयारी सचिवालयलाई निर्देशन दिए ।
नेपाल ट्रायथलन सङ्घका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हरेक विषयमा परिषद्को मात्र भर नपरी खेलाडीको सुविधाका लागि सम्बन्धित सङ्घले पनि प्रयास गर्नुपर्नेमा जोड दिँदै परिषद् र ओलम्पिक कमिटीबीच हरेक विषयमा समन्वय भइरहेको बताए । एसियाड आगामी असोज ६ गतदेखि सुरु हुँदैछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया