नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकता
काठमाडौं। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकता भएको छ।
जनकपुरधाममा एक समारोहबीच पार्टी एकता गरिएको हो। त्यसक्रममा दुवै पार्टीका शिर्ष नेताहरुले एकता घोषणा गरे।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारूलगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसको आन्दोलनका लागि लड्दा आफूले साढे ८ बर्षसम्म जेल बस्नु परेको बताए। उनले मधेसवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाए।
ताजा अपडेट
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव


प्रतिक्रिया