संसदीय समितिका सभापति चयन नगरिए बैठकमा नआउने एमालेको चेतावनी
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संघीय संसद् मातहतका संसदीय समिति सभापति चयन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ।
एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले संसदीय समिति सभापति चयन नभए समितिका आगामी बैठकमा उपस्थित नहुने जानकारी गराएका हुन्। भट्टराईले सभामुख देवराज घिमिरेलाई फोनमार्फत यस्तो जानकारी गराएका हुन्।
‘आज हामीले सार्वजनिक लेखा समितिमा कुरा उठायौं र प्रस्ताव पनि पारित भएको छ। सभापति नहुँदा काम प्रभावित भएको छ,’ उनले भने, ’सभामुखलाई यो कुरा जानकारी गराएका छौं। उहाँले सबै दलसँग परामर्श गरेर प्रक्रिया अगाडि बढाउँछु भन्नुभएको छ।’
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया