माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने
काठमाडौं। नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
यसअघि नेपाली कांग्रेसले साउन २ गते देखि सुरु भएको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेको थियो।
माओवादीको केन्द्रीय कमिटी बैठक यहि साउन १७ गतेबाट बस्दैछ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको हो।
बैठक ५ दिनसम्म चल्ने माओवादीका सचिव दिनानाथ शर्माले जानकारी दिए। उनले लोकतान्त्रिक प्रणालीमा सबैलाई बोल्ने अधिकार भएकाले समय तोकेर बोल्न दिने बताए। बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गरिने छ।
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया