दाङमा एकैपटक नौवटा पुल बन्ने
दाङ । विकासका पूर्वाधारबाट पछि परेको जिल्लाको पश्चिमी क्षेत्रमा एकै पटक नौ वटा पुल निर्माण हुने भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा पुल निर्माणका लागि रू आठ करोड रकम विनियोजन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आवका लागि जिल्लामा नौ वटा पुल निर्माण गर्ने योजनासहित बजेट विनियोजना गरिएको जानकारी दिए । उनका अनुसार रिम, तिनतले र भाँगाबार खोलामा बेलीबृज निर्माणका लागि रू ५० लाखका दरले बजेट विनियोजन गरिएको छ ।
ट्वाङखोलामा डिपिआरसहित पक्की पुल निर्माणका लागि रू एक करोड ५० लाख, पुरन्धारा हुँदै मलै जाने सडकअन्तर्गत बबई नदीमा डिपिआरका लागि रू १५ लाख तथा बखरीया–सरुवाडाँडा–गोल्टाकुरी–कालितारा सडकमा पुल निर्माणका लागि रू एक करोड २५ लाख बजेट छुट्याएको मन्त्री मास्कीले जानकारी दिए ।
उनका अनुसार तुलसीपुर–हापुर जोड्ने सडकअन्तर्गत तुलसीपुर–१ भमके खोलामा पुल निर्माणका लागि रू एक करोड, शान्तिनगर–३ पातेटाकुरा खोलाका लागि रू ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणका लागि रू एक करोड र बबई गाउँपालिकाअन्तर्गत राजीखरे खोलाका लागि रू ७५ लाख बजेट विनियोजन भएको छ ।
दाङको कर्णालीका रुपमा चिनिने गङ्गटे सडकअन्तर्गत हापुरे–गङ्गटे खण्डका विभिन्न खोलामा तीन पुल निर्माण हुन लागेका छन् । यसअघि यस खण्डमा पुल नहुँदा वर्षात्का समयमा आवतजावत ठप्प हुने गरेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया