माधव नेपाललाई धक्का : एमालेमा फर्किए डिल्ली उप्रेती
काठमाडौं। पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डिल्ली उप्रेती एमालेमा फर्किएका छन्। सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती पुनः एमालेमा फर्किएका हुन्।
एमाले छाडेका उप्रेतीलाई पुनः पार्टीमा फर्काउन पार्टी सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले पहल गरेका थिए। उप्रेती ०७४ मा एमालेबाट प्रदेश सांसदका उम्मेदवार थिए। त्यसपछि उनी एमाले फुटेपछि माधव नेपालले नेतृत्व गरेको पार्टीमा लागेका थिए।
गत ४ मंसिर०७९ मा एकीकृत समाजवादीबाट पुनः प्रदेशको टिकट पाएपनि पराजित भए। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार उप्रेती माओवादी केन्द्रले साथ नदिँदा पराजित भएको चर्चा चलेको थियो।
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया