नक्कली शरणार्थी प्रकरण: जिल्ला अदालतको फैसलाविरुद्ध नेताहरु पुगे उच्च अदालत

काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पुगेका छन् ।
यस प्रकरणमा आफुलाई थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद् आङटावा शेर्पा, बिचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरूले उच्चमा रिट दिएका हुन् ।
जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै उनीहरु उच्च अदालत पुगेका हुन् । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले असार १ गते थुनामा पठाउने आदेश दिएको थियो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरी संगठित ठगी अपराध गरेको भन्दै जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालयले ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । यो प्रकरणमा मुद्दा दायर गरेकामध्ये ११ जना अहिले पनि फरार छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया