सुदूरपश्चिमको कानुनमन्त्री बन्दैछन् बैतडीका भट्ट
काठमाडौं। सुदूरपश्चि प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट बन्ने भएका छन् ।
बैतडी प्रदेशसभा (२) बाट निर्वाचित भट्ट प्रदेशको कानुनमन्त्री बन्ने पक्का भएको स्रोतले जनाएको छ । मुख्यमन्त्री कमल बहादुर शाहको सचवालय स्रोतले भट्ट मन्त्री बन्ने लगभग पक्का भएको बतायो ।
यसअघि कांग्रेसबाटै निर्वाचित पृथ्वीबहादुर सिंह कानुनमन्त्री थिए । उनको दुर्घटनामा निधनपछि भट्टले मन्त्रालय सम्हाल्न लागेका छन् ।
यस विषयमा भट्टले पनि मन्त्री बन्ने कुरा भएको स्विकार गरेका छन् ।
मुख्यमन्त्री कमल शाहले पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीसहित सरकार विस्तार गर्दैछन् । नाउपालाई सरकारमा सामेल गर्ने गरि काठमाडौंमा प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्री शाह आजै प्रदेश फर्किन लागेका छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया