सुदूरपश्चिमको कानुनमन्त्री बन्दैछन् बैतडीका भट्ट
काठमाडौं। सुदूरपश्चि प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट बन्ने भएका छन् ।
बैतडी प्रदेशसभा (२) बाट निर्वाचित भट्ट प्रदेशको कानुनमन्त्री बन्ने पक्का भएको स्रोतले जनाएको छ । मुख्यमन्त्री कमल बहादुर शाहको सचवालय स्रोतले भट्ट मन्त्री बन्ने लगभग पक्का भएको बतायो ।
यसअघि कांग्रेसबाटै निर्वाचित पृथ्वीबहादुर सिंह कानुनमन्त्री थिए । उनको दुर्घटनामा निधनपछि भट्टले मन्त्रालय सम्हाल्न लागेका छन् ।
यस विषयमा भट्टले पनि मन्त्री बन्ने कुरा भएको स्विकार गरेका छन् ।
मुख्यमन्त्री कमल शाहले पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीसहित सरकार विस्तार गर्दैछन् । नाउपालाई सरकारमा सामेल गर्ने गरि काठमाडौंमा प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्री शाह आजै प्रदेश फर्किन लागेका छन् ।
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया