संयोजक भण्डारीको खण्डन, पार्टी कोषमा भ्रष्टाचार गरेको छैन
काठमाडौं । नेकपा माओवादी केन्द्र, धादिङका संयोजक मनराज भण्डारीले पार्टी कार्यालय निर्माणका लागि संकलन भएको पैसामा अनियमितता गरेको समाचारमा आपत्ति जनाएका छन् ।
उनले उक्त समाचारको खण्डन गर्दै समाचारमा उठाएको जस्तो ५० लाख रुपैयाँ हिनामिना नगरेको जनाएका हुन् । समाचारको खण्डन पठाएर भण्डारीले आफु निर्दोष भएको समेत दावी गरेका छन् । तर खण्डनमा भण्डारी आर्थिक विवरण पारदर्शी नभएकोमा आफ्नै जिल्ला कमिटिमा बारम्बार छलफल भएको, पार्टी नेता तथा कार्यकर्ताले प्रश्न उठाएको विषयमा मौन बसेका छन् ।
यस्तै संयोजक भण्डारीको खण्डनपत्रमा बारम्बार खर्च विवरण स्पष्ट गर्न नसकेपछि उपभोक्ता समिति पुर्नगठन भएको विषयलाई बेवास्ता गरिएको छ । मुख्य प्रश्नको तथ्य उल्लेख नगरि पठाइएको खण्डनमा भण्डारीले नेता, कार्यकर्ता तथा शुभचिन्तकबाट कति रकम संकलन भएको हो ? अन्य निर्माण सामाग्री के कति संकलन भएको थियो र कार्यालय निर्माणमा कुल कति खर्च भएको थियो भन्ने विवरण उल्लेख गरेका छैनन् ।
खण्डनमा भवन निर्माणका लागि सहयोग र अनुदानबाट ३ करोड रकम रुपैँया संकलन नै नभएको मात्रै उल्लेख गरेका छन् । उनले जग्गा खरिदको विवरण यसअघि नै सार्वजनिक गरिसकेको जनाएका छन् ।
उनले आफ्नो नेतृत्वमा भवन निर्माणमा कति खर्च भएको हो ? नयाँ उपभोक्ता समितिलाई कति खर्चको विवरण बुझाएको हो ? भनेर स्पष्ट पारेका छैनन् । प्रकाशित समाचारमा उनले खर्च विवरण बुझाउन नसकेकाले करिब ५० लाख हिनामिनाको आरोप लागेको लेखिएको थियो ।
मुख्य आरोपमा प्रवेश नै नगरि भण्डारीले पार्टी कार्यालयका लागि स्थानीय तह र प्रदेश सरकारबाट ९८ लाख रुपैयाँ प्राप्त भएको जनाएका छन् । समाचारमा पार्टी कार्यकर्ता, शुभचिन्तकले चन्दा, सहायतावापत दिएको विवरणको हिसाब नदेखाएकोमा प्रश्न उठाइएको थियो ।
भण्डारीले खण्डनमा यसबारे केहि उल्लेख नगरि पत्रकारिताको विस्वसनियतामा प्रश्न उठेकोमा चिन्ता जनाएका छन् । संयोजक भण्डारीले समाचारमा असहमति जनाउँदै पठाएको खण्डन विवरण जस्ताको तस्तै ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया