पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्दा प्रतिसिलिन्डर १३० ले घट्यो एलपी ग्यास
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा नौ तथा डिजेल र मट्टितेलमा सात रुपैयाँ बढाएको हो । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १७०, दोस्रो वर्गमा रु १७२ र तेस्रो वर्गमा रु १७३ पुगेको छ ।
त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु १५०, दोस्रोमा रु १५२ र तेस्रो वर्गमा रु १५३ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर रु एक हजार छ सय ६० मा झरेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर रु १३० घटाएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्र पर्छन् ।
दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७२ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५२ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७३ रूपैयाँ प्रतिलिटर पर्नेछ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया