भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या
तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।
गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
ताजा अपडेट
-
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
मौसम : चार प्रदेशमा आज वर्षा, काठमाडौंको तापक्रम ३२ डिग्री पुग्ने
-
पोखराको लेकसाइडका ६ मसाजमा प्रहरीको छापा
-
सन्दीपको सफाइदेखि निलम्बन फुकुवासम्म, फैसलाको पक्ष/विपक्षमा क्रिया–प्रतिक्रिया
प्रतिक्रिया