माओवादी केन्द्रीय समितिको बैठक २ घण्टा सर्यो, ‘लाइभ’ पनि नगर्ने
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक २ घण्टा सरेको छ ।
अहिले बिहान ११ बजे बस्ने तय भएको बैठक २ घण्टा सारेर एक बजे बस्ने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १३ महिनापछि आज बस्न लागेको हो ।
यस्तै माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक प्रत्यक्षण प्रसारण पनि नगर्ने भएको छ । गत सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पहिलोपटक केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको थियो ।
आज बिहान पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिको बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।
केन्द्रीय समिति बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँड, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, सदनलगायत एजेन्डामा छलफल हुनेछ ।
केन्द्रीय समिति बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया