केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले के भने ?
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो नभएको बताएका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आजबाट सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै दाहालले माओवादी पार्टीजस्तो नभएकाले पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताएका छन् ।
त्यसक्रममा उनले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यही बैठकबाट थाल्नु पर्नेमा जोड दिए ।
यस्तै प्रचण्डले राष्ट्र र जनताको पक्षमा आफूहरू निरन्तर खडा हुँदै आएको बताए। पार्टीले सरकारको नेतृत्व गर्दा सकारात्मक र रचनात्मक काम गरेको दाबी उनको थियो ।
प्रचण्डले विकास र परिमार्जनसहित समाजवादी मोर्चा हुँदै पार्टी एकताको जमर्कोसम्म गरेको बताए ।
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया