निर्वाचन आयोग र सत्ता गठबन्धनबीच सेटिङ भएको दाबी गर्दै ओलीले दिए ३ प्रमाण

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र पाँचदलीय सत्ता गठबन्धनबीच सेटिङको आशंका गरेका छन् । स्थायी कमिटीको आइतबार सुरु भएको बैठकलाई सम्बोधन गर्दै उनले दुईबीच सेटिङ भएको आशंका आफूलाई लगाएको बताएका छन् ।
त्यो सेटिङ एमालेविरुद्ध लक्षित रहेको संकेत अध्यक्ष ओलीले गरे । निर्वाचन आयोगका कतिपय क्रियाकलाप खेदजनक र सत्तापक्षलाई फाइदा दिने ढंगले अघि बढेको आरोप पनि उनले लगाए ।
ओलीले दिएका ३ प्रमाण :
१. निर्वाचन आयोगले मतपत्रको रङ बदल्ने काम गर्यो । बदलेर कांग्रेसको चुनाव चिन्ह रुखसँग मिल्ने हरियो रङ राख्यो ।
२. उम्मेदवारी मनोनयन दुई दिन गर्ने नियम बनाइएको छ ।
३. एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्नेजस्ता क्रियाकलाप भए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया