निर्वाचन आयोग र सत्ता गठबन्धनबीच सेटिङ भएको दाबी गर्दै ओलीले दिए ३ प्रमाण
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र पाँचदलीय सत्ता गठबन्धनबीच सेटिङको आशंका गरेका छन् । स्थायी कमिटीको आइतबार सुरु भएको बैठकलाई सम्बोधन गर्दै उनले दुईबीच सेटिङ भएको आशंका आफूलाई लगाएको बताएका छन् ।
त्यो सेटिङ एमालेविरुद्ध लक्षित रहेको संकेत अध्यक्ष ओलीले गरे । निर्वाचन आयोगका कतिपय क्रियाकलाप खेदजनक र सत्तापक्षलाई फाइदा दिने ढंगले अघि बढेको आरोप पनि उनले लगाए ।
ओलीले दिएका ३ प्रमाण :
१. निर्वाचन आयोगले मतपत्रको रङ बदल्ने काम गर्यो । बदलेर कांग्रेसको चुनाव चिन्ह रुखसँग मिल्ने हरियो रङ राख्यो ।
२. उम्मेदवारी मनोनयन दुई दिन गर्ने नियम बनाइएको छ ।
३. एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्नेजस्ता क्रियाकलाप भए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया