सुदूरपश्चिममा मन्त्रीपरिषद् विस्तार, भट्ट र चौधरी बने मन्त्री
काठमाडौं। सुदूरपश्चिममा मन्त्रीपरिषद् विस्तार गरिएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन्।
भट्ट बैतडीको प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए। चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए। नवनियुक्त मन्त्रीहरुको अहिले केहिरबेरमा प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण हुन लागेको छ।
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया