संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसको सम्भावना
काठमाडौं । रिक्त रहेका संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै छ ।
उपसभामुख इन्दिरा रानामगरका अनुसार आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको छ । आजको बैठकमा प्रधानन्यायाशीध, रिक्त रहेका अन्य संवैधानिक संस्थामा सिफारिसलगायत विषयमा छलफल गरिने छ ।
महालेखा परीक्षक टंकमणि शर्माले ६ वर्षे कार्यकाल पूरा गरी ७ जेठदेखि अवकाश लिएपछि रिक्त छ। संविधान अनुसार महालेखा परीक्षकको पदावधि सकिन एक महिना बाँकी छँदै सिफारिस भइसक्नुपर्ने थियो।
त्यस्तै, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पनि २० साउनदेखि पदावधि सकिँदै छ। तर, हालसम्म नयाँ प्रधानन्यायाधीश सिफारिस गरिएको छैन । आजको बैठकमा सहमति जुटे सर्वोच्चमा रहेका १४ न्यायाधीशमध्ये वरिष्ठताका आधारमा विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना रहेको छ ।
संवैधानिक पदमा मुख्य प्रतिपक्षलाई पनि माग अनुसारकै भाग दिनुपर्ने अड्को थापिएपछि १६ साउनमा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन भएको थियो।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया