सहकारी पीडितले सडक बन्द गरेपछि प्रहरीको हस्तक्षेप
काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
माइतीघरदेखि बानेश्वरतर्फ अघि बढेको पीडितहरुको जुलुसलाई प्रहरीले बिजुलीबजारमा रोकेको थियो ।
त्यसपछि उनीहरु सडक नै बन्द हुने गरी पुलमै धर्ना बसेपछि हस्तक्षेप गर्दै प्रहरीले सडक खुलाएको छ ।
प्रदर्शनकारीहरू नयाँबानेश्वर पुगेका छन्। त्यहाँ निषेधित क्षेत्र तोड्न प्रदर्शनकारी प्रयासरत छन् भने उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
उनीहरूले आफूहरूको वचत रकम फिर्ता गराउन राज्यले पहल गर्नुपर्ने माग गरेका छन् ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया