चार दिनदेखि बेपत्ता कुवेरको शव फेला
कञ्चनपुर । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् ।
दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए। स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाई सोमबारदेखि बेपत्ता थिए ।
‘खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ’, उनले भने, ‘हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ ।’ शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया