यी हुन् माओवादी केन्द्रमा थपिएका २२ महिला केन्द्रीय सदस्य
काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ जना महिलालाई केन्द्रीय सदस्यमा थप गरेको छ ।
माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए ।
अध्यक्षको प्रस्ताव पारित भएपछि केन्द्रीय कमिटीमा २२ जना महिला नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गरिएको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकरी दिए ।
केन्द्रीय सदस्य बन्नेमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाई, गिता शाही, छमकुमारी खनाल, दिलमाया बुढामगर, निरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकली चलाउने, कुमारी पुन, लिला शर्मा, सपना परियार रहेको छन्।
यस्तै सिता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक, सरु चौधरी पनि केन्द्रीय सदस्य बनेका हुन्।
योसँगै माओवादी केन्द्रीय कमिटी ४०७ सदस्यीय बनेको छ । थपिएका केन्द्रीय सदस्यहरु शुक्रबारदेखि केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया