यी हुन् माओवादी केन्द्रमा थपिएका २२ महिला केन्द्रीय सदस्य
काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ जना महिलालाई केन्द्रीय सदस्यमा थप गरेको छ ।
माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए ।
अध्यक्षको प्रस्ताव पारित भएपछि केन्द्रीय कमिटीमा २२ जना महिला नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गरिएको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकरी दिए ।
केन्द्रीय सदस्य बन्नेमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाई, गिता शाही, छमकुमारी खनाल, दिलमाया बुढामगर, निरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकली चलाउने, कुमारी पुन, लिला शर्मा, सपना परियार रहेको छन्।
यस्तै सिता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक, सरु चौधरी पनि केन्द्रीय सदस्य बनेका हुन्।
योसँगै माओवादी केन्द्रीय कमिटी ४०७ सदस्यीय बनेको छ । थपिएका केन्द्रीय सदस्यहरु शुक्रबारदेखि केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया