ललितानिवास जग्गा प्रकरण : चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिका नाममा लगेको प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
नेपाल प्रहरीको उच्च स्रोतले चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएको छ ।
पक्राउ पुर्जी जारी भएकामध्ये गच्छदार, जोशी र श्रेष्ठलाई यसअघि नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।
ललितानिवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा सिआइबीले आफ्नो अनुसन्धानलाई थप तीव्र पारेको छ । यसैक्रममा चार पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । जसमध्ये सुधीर साह पक्राउ परिसकेका छन् भने दीप बस्न्यातलगायत फरार छन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया