ललितानिवास जग्गा प्रकरण : चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिका नाममा लगेको प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
नेपाल प्रहरीको उच्च स्रोतले चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएको छ ।
पक्राउ पुर्जी जारी भएकामध्ये गच्छदार, जोशी र श्रेष्ठलाई यसअघि नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।
ललितानिवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा सिआइबीले आफ्नो अनुसन्धानलाई थप तीव्र पारेको छ । यसैक्रममा चार पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । जसमध्ये सुधीर साह पक्राउ परिसकेका छन् भने दीप बस्न्यातलगायत फरार छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया