माधवले दिए वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वेदुराम भुसालले पाएका छन् ।
जनवर्गीय संगठनको निम्तोमा सोमबार युरोप भ्रमणमा निस्किएका सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णय गर्नेमाथि छानबिन गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्ट युरोप उडेका नेपाल त्यता करिब दुई साता रहने जनाइएको छ । उक्त समयमा पार्टी अध्यक्षका हैसियतले गर्नुपर्ने सम्पूर्ण काम भुसालले गर्नेछन् ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया