मकवानपुरमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता
मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिकामा अबिरल वर्षापछि गएको पहिरोमा परेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन्। ग
वाग्मती गाउँपालिका भोर्लेनीका एक घर मंगलबार राति पहिरोले बगाउँदा ५ जना बेपत्ता भएका हुन् । वडा अध्यक्ष विजयकुमार व्लोनका अनुसार राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ५ जना घरसहित वाग्मती नदीमा बगेका हुन् ।
घरमा सुतिरहेका अक्कलबहादुर स्याङ्तान, उनकी पत्नी शान्तिमाया, छोरी शिला, ज्वाइँ जीवन पहरी र दुई जना नातीनातिना रहेका थिए । धारपानीका स्थानीयले शान्तिमायाको भने उद्धार गर्न सफल भएका हुन् । अहिले प्रहरी र स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्।
ताजा अपडेट
-
उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
-
बिहीबारदेखि यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
-
भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
-
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
-
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
प्रतिक्रिया