मकवानपुरमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता
मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिकामा अबिरल वर्षापछि गएको पहिरोमा परेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन्। ग
वाग्मती गाउँपालिका भोर्लेनीका एक घर मंगलबार राति पहिरोले बगाउँदा ५ जना बेपत्ता भएका हुन् । वडा अध्यक्ष विजयकुमार व्लोनका अनुसार राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ५ जना घरसहित वाग्मती नदीमा बगेका हुन् ।
घरमा सुतिरहेका अक्कलबहादुर स्याङ्तान, उनकी पत्नी शान्तिमाया, छोरी शिला, ज्वाइँ जीवन पहरी र दुई जना नातीनातिना रहेका थिए । धारपानीका स्थानीयले शान्तिमायाको भने उद्धार गर्न सफल भएका हुन् । अहिले प्रहरी र स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया