NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

कार्यसूचीमा प्रवेशै नगरि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरि स्थगित भएको छ ।

एमालेले सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरिय छानविन समितिको माग गर्दै दुबै सदन अवरुद्व गर्दै आएको छ ।

बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामयिक विषयमा बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठे ।

एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताइन् ।

अध्यक्ष तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन् ।