कार्यसूचीमा प्रवेशै नगरि राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरि स्थगित भएको छ ।
एमालेले सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरिय छानविन समितिको माग गर्दै दुबै सदन अवरुद्व गर्दै आएको छ ।
बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामयिक विषयमा बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठे ।
एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताइन् ।
अध्यक्ष तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया