उच्च स्तरीय छानविन समिति आवश्यक छैन, सरकार ढाल्ने भए अविश्वास प्रस्ताव ल्याऊ : बामदेव
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन गर्न आवश्यक नरहेको बताए छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै पुर्वगृहमन्त्री समेत रहेका गौतमले यहि अवस्थामा समिति गठन गरे छानबिन ओझेलमा पर्ने बताएका हुन् ।
एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्दा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन हुन सक्ने र त्यसका लागि उनीहरुले राजीनामा गर्ने अवस्था आउने बताएका हुन् ।
यस्तो अवस्थामा नयाँ सरकार गठनमा लाग्दा त्यसले अहिले भइरहेको अनुसन्धान पनि ओझेलमा पर्ने बताए ।
सरकार परिवर्तन गर्नुपर्ने भए अविश्वासको प्रस्ताव ल्याउन पनि गौतमले एमालेलाई सुझाव दिएका छन् । ’प्रधानमन्त्रीलाई हटाउने हो भने अविश्वासको प्रस्ताव लगे भइहाल्यो,’ उनले भने ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीलाई छानबिनका लागि ३५ दिनको समय रहेको कुरा उल्लेख गर्दै गौतमले त्यसपछि उच्चस्तरीय छानबिन समिति मागेर जानुपर्ने बताए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया