ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् ।
जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको छ ।
बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति हाल सीआईबीको हिरासतमा छन् ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया