लघु चलचित्र ‘लिलामी’ अब युट्युवमा
काठमाडौं । नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेइनमेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिए ।
लघु चलचित्रको निर्देशन पत्रकार रामजी ज्ञवालीले गरेका हुन् । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक भण्डारीले अन्य लघु चलचित्रमा गीत तथा कथा लेखेका छन् ।
पवन बस्यालको कथा लेखन रहेको चलचित्रमा महेश खड्का, सविना राउत, दीपक ढकाल, नारायण कँडेल, राजेश भट्टराई, सुदिन श्रेष्ठ, शिबु पाण्डेलगायतले अभिनय गरेका छन् ।
नेपालभित्र जे काम गर्दा पनि सहयोग र प्रोत्साहन नपाएपछि युवाहरु विदेशिन बाध्य भएको विषयवस्तु चलचित्रमा उतारिएको छ । लिलामीको व्यवस्थापकको जिम्मेवारी युवराज घिमिरेले र सम्पादनको जिम्मेवारी नहकुल खड्काले निर्वाह गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया