धर्ना बसेका ५० बढी निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा
काठमाडौं । आफ्ना माग पूरा गराउने उद्देश्यले धर्नामा बसेका निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर आइतबार बिहान धर्नामा बसेका निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आइतबार कार्यालय खुल्नुअघि विभाग पुगेका निर्माण व्यवसायीले मूल ढोकामा ताला लगाएका थिए । लगत्तै प्रहरीले धरपकड गरेर नियन्त्रणमा लिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
प्रहरीले महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा, उपाध्यक्ष प्रकाश सेट्टी, खिमप्रकाश मल्ल, उपमहासचिव नरहरिलगायत ५० जनालाई नियन्त्रणमा लिएर जावलाखेल प्रहरीमा राखेको छ ।
सबै आयोजनाको एकमुष्ट म्याद थप गर्नुपर्ने, बाँकी रहेको रकम भुक्तानी गर्नुपर्ने, ऐन तथा नियम निर्माण व्यवसायीमैत्री हुनुपर्नेलगायत माग राखेर निर्माण व्यवसायीहरू १४ साउनदेखि आन्दोलनरत छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया