धर्ना बसेका ५० बढी निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा

काठमाडौं । आफ्ना माग पूरा गराउने उद्देश्यले धर्नामा बसेका निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर आइतबार बिहान धर्नामा बसेका निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आइतबार कार्यालय खुल्नुअघि विभाग पुगेका निर्माण व्यवसायीले मूल ढोकामा ताला लगाएका थिए । लगत्तै प्रहरीले धरपकड गरेर नियन्त्रणमा लिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
प्रहरीले महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा, उपाध्यक्ष प्रकाश सेट्टी, खिमप्रकाश मल्ल, उपमहासचिव नरहरिलगायत ५० जनालाई नियन्त्रणमा लिएर जावलाखेल प्रहरीमा राखेको छ ।
सबै आयोजनाको एकमुष्ट म्याद थप गर्नुपर्ने, बाँकी रहेको रकम भुक्तानी गर्नुपर्ने, ऐन तथा नियम निर्माण व्यवसायीमैत्री हुनुपर्नेलगायत माग राखेर निर्माण व्यवसायीहरू १४ साउनदेखि आन्दोलनरत छन् ।
ताजा अपडेट
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
-
धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा
प्रतिक्रिया