अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाइने, जोगिए किराँती
काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए ।
सरकारबाट फिर्ता बोलाउने भनिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती भने जोगिएका छन् । उनी र मोदीमध्ये एकजनालाई फिर्ता बोलाउने चर्चा थियो ।
मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई उक्त जिम्मेवारी दिने निर्णय भएको छ ।
गत ३ माघमा मन्त्री बनेका मोदी मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन् ।
पौडेलका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं आउन नसकेका कारण आज शपथ ग्रहण नहुने भएको छ । चितवन पुगेका उनी मौसम प्रतिकूलताका कारण उडान प्रभावित भएपछि उतै रोकिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया