अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाइने, जोगिए किराँती
काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए ।
सरकारबाट फिर्ता बोलाउने भनिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती भने जोगिएका छन् । उनी र मोदीमध्ये एकजनालाई फिर्ता बोलाउने चर्चा थियो ।
मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई उक्त जिम्मेवारी दिने निर्णय भएको छ ।
गत ३ माघमा मन्त्री बनेका मोदी मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन् ।
पौडेलका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं आउन नसकेका कारण आज शपथ ग्रहण नहुने भएको छ । चितवन पुगेका उनी मौसम प्रतिकूलताका कारण उडान प्रभावित भएपछि उतै रोकिएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया