सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ जान कति ? (सूचीसहित)
काठमाडौ । पेट्रोलियम पदार्थको मुल्य बढेसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत बढेको छ ।
स्वचालीत मुल्य प्रणालीका आधारमा बुधबारबाट लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो ।
विभागका अनुसार यात्रुका लागि (यात्रुबाहक) सवारी साधनकोे पहिलेको भाडामा ४.७० प्रतिशतले बढाईएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालसमान बोक्ने सवारी साधनको भाडा ६.१५ प्रतिशतले बढाइएको छ ।
त्यसैगरी तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ८.८३ प्रतिशतले बढाईएको छ ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको छ ।
सो व्यवस्था अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५।८३ रुपैयाँ पुर्याएको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया