रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।
बुधबार वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा उनिहरुबीच भेटवार्ता भएको होे ।
प्रतिनिधिसभा सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र केन्द्रीय सदस्य लिमा अधिकारीलगायतका अन्य केहि वार्तामा सहभागिता रहेको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।
त्यसअवसरमा नेपाल र चीनबीच आपसी चासोका विषयमाथि छलफल भएको थियो । मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयमा पनि उहाँहरूबीच छलफल भएका जनाइएको छ ।
राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको र सोबारे यथाशीघ्र समाधानका पहल गरिने बताए ।
सभापति लामिछानेले आफ्नो दल पनि एक चीन नीतिप्रति अडिग रहेको अवगत गराएका थिए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया