ललिता निवास प्रकरणका दुई जनालाई थुना बाहिर रहने गरी छाडियो
काठमाडौं। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये दुई जनालाई थुना बाहिर रहने गरी छाडिएको छ ।
उक्त प्रकरणमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई उपचारका लागि थुना बाहिर रहने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘स्वास्थ्यका कारण उहाँहरूलाई मुद्दा बुझाउने दिन पेस गर्ने गरी उपचारका लागि थुना बाहिर रहने गरी आज छाडिएको हो ।’
यसअघि सिआइबीले दुई जनालाई हाजिर जमानीमा छाडेको थियो।
समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई भने सिआइबीले हाजिरी जमानीमा छाडेको थियो।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया