पार्टीका कार्यक्रम व्यवस्थित बनाउन एमालेले बनायो पाँच बुँदे मापदण्ड

काठमाडौं । नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ ।
एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए।
पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष बाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ ।
यस्तै कार्यक्रममा ब्याच, माला र खाँदाको अनावश्यक प्रयोग नगर्ने तथा कार्यक्रमलाई भड्किलो नबनाउने एमालेको निर्णय छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया