एमालेको केन्द्रीय संगठन विभागको पहिलो बैठक : पूर्वप्रमुखहरूले सुनाए काम गर्दाका अनुभव

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय संगठन विभागले विभागका पूर्वप्रमुखहरूसँग अन्र्तक्रियात्मक बैठक गरेको छ ।
पहिलोपटक आयोजित बैठकमा संगठन विभाग पूर्वप्रमुखहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव कमरेड पृथ्वी सुब्बा गुरुङ र सल्लाहकार परिषद्का अध्यक्ष कमरेड अमृतकुमार बोहराले संगठन विभागको प्रमुख भएर काम गर्दाको आफ्ना अनुभव सुनाएका थिए ।
बैठकमा पार्टी जीवनमा देखा परेका संगठनात्मक समस्या र तिनको समाधानका बारेमा छलफल भएको एमालेले जनाएको छ ।
बैठक विभाग प्रमुख खगराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया